कम्पनीको कुल कित्ता शेयरमध्ये सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको शेयर दोस्रो बजारमा एसकेएचईएल संकेतमा कारोबार हुने भएको हो । कम्पनीको शेयर आगामी आईतबारको स्पेसल प्रि ओपन सेसनमा कारोबार भइ नियमित कारोबारमा आउनेछ ।