बालेन बने रास्वपाको संसदीय दलको नेता, प्रधानमन्त्री बन्ने बाटो खुल्यो

Mar 26, 2026 05:23 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यो सँगै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो समेत खुलेको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।