स्रोतका अनुसार, गणेश पौडेल पर्यटन मन्त्री बन्ने निश्चित भएको छ। त्यसैगरी, सस्मित पोखरेललाई शिक्षा मन्त्रालय, सुनिल लम्साललाई भौतिक पूर्वाधार मन्त्रालय र निशा मेहतालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।
उद्योग मन्त्रालयको जिम्मेवारी अमरेशकुमार सिंहलाई दिइने भएको छ भने यसअघि खेल मन्त्री रहेका विराज भक्त श्रेष्ठलाई यसपटक ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।
यसैगरी, प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयमा स्वर्णिम वाग्ले लाई नियुक्त गरिने भएको छ।
परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनाललाई दिइनेछ भने गृह मन्त्रालयमा सुदन गुरुङलाई जिम्मेवारी दिने तयारी छ। कानुन मन्त्रालय सोविता गौतमले सम्हाल्ने पक्का भएको बताइएको छ।
यसअघि नै रामचन्द्र पौडेलले आज बिहानै बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्।
सरकार गठनसँगै अब चाँडै मन्त्रिपरिषद् विस्तार हुने अपेक्षा गरिएको छ।