नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य पछिल्लो दुई दिनदेखि घटिरहेकाे छ ।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
