नवनियुक्त प्रधानमन्त्री बालेनलाई ओलीले दिए बधाइ

Mar 27, 2026 03:51 PM merolagani



नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाइ दिएका छन् ।

 आफ्नो सामाजिक सञ्जालमार्फत उनले बधाइ व्यक्त गरेका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।