मन्त्रिपरिषद् बैठक सुरु, महत्वपूर्ण निर्णय सार्वजनिक गरिने

Mar 27, 2026 04:29 PM merolagani



नवनियुक्त सरकारको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । नयाँ सरकारले गर्ने केही महत्वपूर्ण विषयमा निर्णय हुने जनाइएको छ ।