प्रदर्शनमा ४० देखि ६० लाख मानिसहरु सहभागि रहेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यो विरोध प्रदर्शनलाई एक दिनमा सरकार विरुद्ध सबैभन्दा धेरै शहरमा भएको अहिलेसम्मकै सबैभन्दा शसक्त विरोध प्रदर्शनको रुपमा लिइएको छ ।
विरोध र्यालीमा सहभागिहरुले इरानको युद्ध, संघीय आप्रवासन कार्य र बढ्दो मुद्रास्फीतिको विरोध गरेका छन् । प्रदर्शनकारीहरुले ट्रम्पले तानाशाही शासन शुरु गर्न खोजेको तर अमेरिकी जनताले त्यो सफल हुन नदिने दावी गरे । उनीहरुको भनाई थियो- 'यहाँको शक्ति जनताको हो, कुनै नक्कली राजा वा उनका अर्बपति मित्रको होइन ।'
प्रदर्शनकारीहरुले अमेरिकाले इजरायलको उक्साहटमा इरानलगायतका देशहरुमा अनावश्यक युद्ध थोपरेको, अमेरिकी अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन् ।