दुई पटकसम्म ठेक्का नलागेका आयोजनाहरु पूर्वाधार निर्माण कम्पनीमार्फत कार्यान्वयन गर्ने

Mar 29, 2026 03:06 PM merolagani



प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले दुई पटकसम्म ठेक्का नलागेका वा ठेक्का असफल भएका भौतिक पूर्वाधारका आयोजनाहरु पूर्वाधार निर्माण कम्पनीमार्फत कार्यान्वयन गर्ने भएको छ ।

राष्ट्रिय तथा प्राथमिकताप्राप्त पूर्वाधार आयोजनाको कार्यान्वयनमा देखिएको ढिलासुस्ती र ठेक्का प्रक्रियामा बारम्बार असफल भएका आयोजनाहरु सरकारले नै कार्यान्वयन गर्ने भएको हो ।

 

हालै बालेन नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूचीमा नै अघुरा र बारम्बार ठेक्का प्रक्रियामा असफल भएका र ठेक्का तोडिएका आयोजनाहरु समेत सरकारले नै कार्यान्वयन गर्ने भएको हो ।

त्यसका लागि ३० दिनभित्र कानुन तर्जुमा गरी उक्त कम्पनीका लागि आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरणहरुले व्यवस्था गरिसक्ने कुरा कार्यसूचीमा समावेश छ ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।