तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय

Mar 29, 2026 09:14 PM merolagani



विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

मन्त्रालयले अनावश्यक आर्थिक बोझ बढाएको ठहर निष्कर्ष  निकाल्दै यस्ताे व्यवस्था गरेकाे हाे  ।

मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि नै भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने गरेको मन्त्रालयको निष्कर्ष छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।