पक्राउ पर्नेमा कैलालीका तुलाराम कोली रहेका छन्।
कोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरेर यस कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध हालसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा १ करोड १९ लाख बिगो बराबरको ठगीसम्बन्धी १० वटा उजुरी प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।