बैंकका अनुसार आइतबार बसेको सञ्चालक समितिको ४९३औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनको व्यवस्था अनुसार १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैंकले हाल कायम रहेको पुँजीको आधारमा यो प्रक्रिया सुरु गर्न लागेको हो ।
बैंकले यस निर्णयबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत जानकारी दिइसकेको छ । यो प्रक्रिया सम्पन्न भएपछि बैंकको सेयर संरचनामा परिवर्तन आउनेछ र बजारमा सर्वसाधारण सेयरको हिस्सा बढ्नेछ । अहिले बैंकमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व रहेकोमा १० प्रतिशत संस्थापक सर्वसाधारणमा परिणत भएपछि संस्थापक र सर्वसाधारणको हिस्सा ६०ः४० को अनुपातमा हुनेछ ।