नेपाल वायुसेवाले हप्तामा काठमाडौं दिल्ली सेक्टरमा १० उडान गर्ने

Mar 31, 2026 05:28 PM MeroLagani



नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ ।

हाल काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २१७/२१८बाट दैनिक एउटा उडान भइरहेको अवस्थामा यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले आरए २०५/२०६ बाट हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ । अब निगमले काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन गर्नेछ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।