पाकिस्तानको मध्यस्थतामा इरान अमेरिका बीच वार्ताको तयारी, भारतलाई धक्का

Mar 31, 2026 06:02 PM mero lagani



अमेरिका—इजरायल तथा इरान बीचको युद्धमा पाकिस्तानले मध्यस्थता गर्ने भएको छ ।

त्योसंगै केही दिनभित्रै अमेरिका र इजरायलबीच वार्ताको तयारी भैरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

वार्ता भने पाकिस्तानमै हुन्छ कि अन्यत्र भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको बताइएको छ । पाकिस्तानले मध्यस्थता गर्ने बारेमा अमेरिकाले सहमति दिएसंगै भारतीय राजनीतिक क्षेत्र संशकित भएको छ । पाकिस्तानको मध्यस्थतामा वार्ता हुनु भनेको अन्तराष्ट्रिय मन्चमा पाकिस्तानको भूमिका बढ्नु हो र शक्ति राष्ट्रहरुको पाकिस्तानको हैसियत बढ्नु हो, जुन भारतको लागि चिन्ताको विषय मानिएको विविसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी मध्यस्थता स्वीकार गर्न सहमति दिएको खबर बाहिरिएसँगै भारतमा सरकारको कुटनीतिक कमजोर रहेको बहस शुरु भएको छ । अट्लान्टिक काउन्सिलमा दक्षिण एशियासम्बन्धी वरिष्ठ फेलो माइक कूगल्मन अन्तर्राष्ट्रिय मञ्चमा उसको प्रभाव छैन भनेर गरिने आलोचनाप्रति पाकिस्तान निकै संवेदनशील छ रहेको बताउँदै अहिले मध्यस्थता गर्दा पाकिस्तान विश्व कुटनीतिमा निकै माथि पुग्ने बताउँछन् । ‘उस्ले मध्यस्थता गर्ने वैठकबाट समस्या समाधान गर्यो भने त त्यो विश्वकै लागि ठूलो कुरा हुनेछ । र पाकिस्तान विश्व शान्तिको एउटा महत्वपूर्ण हिस्सा बन्नेछ । यदि वार्ता सफल भएन भने पनि उस्लाई केही घाटा हुनेछैन । बरु उस्ले गरेको सत्प्रयासप्रति विश्व कुटनीतिक क्षेत्रले सम्मान गर्नेछ,’ उनी भन्छन् ।

जे भए पनि अहिलेको युद्धमा पाकिस्तानको मध्यस्थता उसकाे सदावहार दुस्मन भारतको लागि भने चिन्ताको विषय बन्ने देखिएको छ । विश्व मन्चमा पाकिस्तान बलियो हुनु भारतको लागि गम्भिर धक्का नै हो ।

स्मरण रहोस् इरान र पाकिस्तानबीच करिब ९०० किलोमिटर लामो दूरी छ । र दुवै मुस्लिम देश भएकोले सम्वन्ध पनि प्रगाढ छ । त्यही कारण पाकिस्तान र इजरायलबीच सम्वन्ध सुमधुर छैन । तर, अमेरिकासँग पछिल्लो समय उस्को सम्वन्ध थप घनिष्ट बन्दै गइरहेको छ । त्यहीकारण अहिलेको युद्धमा उ तठस्थ रहेको छ । यदि इरान र इजरायलबीचको मात्रै युद्ध भएको भए पाकिस्तानले इरानलाई खुलेरै सहयोग गर्ने दावी विश्लेषकहरुको छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।