आफ्नो परिचय बदल्ने प्रयास गर्दै प्रधानमन्त्री शाहले प्रदेशका सांसदहरुसँग गरिरहेको बैठकका चार रणनीति

Apr 01, 2026 11:26 AM mero lagani



प्रधानमन्त्री बालेन्द्र शाहले सपथ ग्रहण गरे यता विभिन्न प्रदेशका सांसदहरुसँग अलग-अलग रुपमा छलफल गरिरहेका छन् ।

संसद बैठक आब्हान भैसकेको अवस्थामा समेत प्रधानमन्त्रीले सांसदहरुसँगको बैठकलाई निरन्तरता दिइरहेका छन् ।

प्रधानमन्त्रीले सपथ खाएपछि संसद बैठक शुरु हुनु अगाडि नै सांसदहरुसँग यसरी छलफल गरेको घटना नेपालको राजनीतिक इतिहासमा पहिलो घटना हो । यस अगाडि सांसदहरुले बधाई दिन वा अरु विभिन्न वाहानामा प्रधानमन्त्रीसँग एक्ला एक्लै वा कहिले काँही सामुहिक रुपमा भेट्ने गरे पनि प्रदेश-प्रदेशका सांसदहरुलाई सामुहिकरुपमा बोलाएर छलफल गर्ने गरेका थिएनन् । त्यसैले यो नेपालको राजनीतिक क्षेत्रमा नौलो प्रयास हो ।

 

विश्लेषकहरु यो भेटघाट प्रधानमन्त्री शाहले अपनाएको ‘बहुआयामिक रणनीति’ भएको बताउँछन् । उनीहरुका अनुसार यो भेटघाटका पछाडिका मुख्यतः चार रणनीति छन् । ती हुन्ः

  • देशभरका समस्याको पहिचान गर्ने ।
  • सांसदहरुको रुचि बुझ्ने ।
  • प्रधानमन्त्री पहुँचभन्दा बाहिर छैनन् भन्ने सन्देश प्रवाह गर्दै आफ्नो परिचय बदल्ने प्रयास । र,
  • संसदमा हुन सक्ने सम्भावित विरोधलाई मत्थर गर्ने ।

यसै पनि कम बोल्ने स्वभावका प्रधानमन्त्री शाह सांसदहरुसँगको भेटघाटमा समेत कमै मात्र बोल्ने गरेको सहभागी सांसदहरु बताउँछन् । उनी सांसदहरुका कुरा सुन्ने गर्छन् र अन्तिममा मिलेर देश बनाउँ भन्ने आसयको छोटो सम्वोधन गरेर छलफलको बिट मार्ने गर्छन् । साथै आफू सम्पर्कबाट टाढा नभएको भन्दै केही गुनासो भए सिधै आफूलाई बताउन अनुरोध पनि गर्ने गरेका छन् ।

प्रधानमन्त्री शाहलाई आम जनताको पहुँचबाट टाढा केही सिमित व्यक्तिहरुको घेरामा बस्ने व्यक्तिको रुपमा चिन्ने गरिएको छ । काठमाडाैं महानगरपालिकाको प्रमुख हुँदा जन प्रतिनिधि र महानगरका विभागीय प्रमुखहरुले समेत उनीसँग सहजरुपमा भेट्न पाउदैनथे । त्यो आरोप र ‘कसैलाई नभेट्ने सामन्तको छोरो’ भन्ने परिचयलाई चिर्न र आफू जनताकै साथमा छु भन्ने पार्न पनि उनले सांसदहरुसँग छलफललाई तिब्रता दिएको उनी निकटका व्यक्तिहरु बताउँछन् ।

त्यस्तै बजेट निर्माण भइरहेकोले सांसदहरुको रुची बुझेपछि बजेटमा कतिपय कार्यक्रमहरु थप घट गर्न समेत सहयोग पुग्ने सोंचका साथ यो भेटघाट गरिएको बताइएको छ । साथै कोठे बैठकमा हुने आमने सामने बैठकपछि सांसदहरुको आफू र सरकारलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुने र संसद बैठकमा हुन सक्ने सम्भावित आक्रामक विरोध मत्थर हुन सक्ने महसुस गरेर उनले यो रणनीतिक बैठकहरुको आयोजना गरेको बताइएको छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।