नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ । यही बैठले संसदीय दलकाे नेता चयन गर्ने छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक चलिरहेको छ । बैठकमा संसदीय दलको नेता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ बनाउनु पर्ने एकाथरीकाे तर्क छ भने अर्काे तिर इलाम–२ बाट निर्वाचित सुहाङ नेम्वाङलाई संसदीय दलकाे नेता बनाउनु पर्छ भन्नेहरु पनि कम छैनन् । नेम्वाङले यसअघि नै संसदीय दलको नेताको जिम्मेवारी दिए खुट्टा नकमाउने बताइसकेका छन् ।