बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरु सहभागी भएका छन् । नयाँ संसदले सभामुख, उपसभामुख चयन गर्नुपर्नेछ ।
संघीय संसदको प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन् । त्यस मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेसले ३७ सिट, एमालेले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम सँस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरु नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरु हुन् ।
बिहीवार बोलाइएको बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा बुधवार (आज) संघीय संसद सचिवालयले सो बैठक बोलाएको हो । बैठकमा सरकारका प्रतिनिधिहरु पनि सहभागी भएका छन् ।