नेपाल प्रहरीको एक टोलीले उनलाई पाटनबाट पक्राउ गरेको बताइएको छ । यस अघि अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान सुरु गरेको छ।
उनी माथि राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।