होटल इच्छाकाे व्यवस्थापन लेमन ट्रीले लिने सम्झौता

Apr 03, 2026 08:58 AM Merolagani



बारा जिल्ला सिमरा स्थित पाँच तारे होटेल, होटल  इच्छा लिमिटेड र चर्चित अन्तरराष्ट्रिय ब्राण्ड,लेमन ट्री बिचमा होटलको व्यवस्थापन लिने दिने सम्बन्धमा सम्झौता भएको छ।

मित्र राष्ट्र भारतको नयाँ दिल्ली स्थित लेमन ट्रीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा होटल इच्छा लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक मुनसन वाग्ले तथा लेमन ट्रीका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता सम्पन्न भएपछि अब होटल इच्छा लिमिटेड, लेमन ट्री होटलका रुपमा चिनिने बताइएको छ। होटलको व्यवस्थापन लेमन ट्रीले लिएपछि यसले प्रदान गर्ने सेवा, सुबिधा र व्यापार अन्तरराष्ट्रिय मापदण्डको हुने विश्वास गरिएको छ। सम्झौता कार्यक्रममा होटेल इच्छा लिमिटेडका सञ्चालक समितिका सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौवडेलको पनि उपस्थिति रहेको थियो।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।