व्यावसायिक एलपीजी होटल र रेस्टुरेण्टहरूमा खाना पकाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । यद्यपि १४.२ केजीको घरेलु एलपीजी सिलिण्डरको मूल्य भने ९ सय १३ भारतीय रुपैयाँ (करिव ९.७७ अमेरिकी डलर) मा यथावत रहेको छ । मूल्य वृद्धिपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा व्यावसायिक एलपीजी सिलिण्डर २ हजार ७८ रुपैयाँ ५० पैसा भारतीय रुपैयाँ (करिव २२.२५ अमेरिकी डलर) मा उपलब्ध हुनेछ ।
यसैबीच संघीय सरकारले मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ र एलपीजीको निरन्तर उपलब्धता सुनिश्चित गर्न विभिन्न कदम चालिरहेको बताएको छ । आन्तरिक खपतलाई सहयोग पु¥याउन रिफाइनरीहरूबाट घरेलु एलपीजी उत्पादन बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।