मध्यपूर्वी क्षेत्रको युद्धका कारण इन्धनको मूल्यवृद्धि भएपश्चात यातायात व्यवसायीहरुले भाडा समायोजन गर्न माग गर्दै आएका थिए । यातायात व्यवसायीको माग बमोजिम मन्त्रालयअन्तर्गतकाे यातायात व्यवस्था विभागले भाडादर सिफारीस गरेर मन्त्रालयमा पठाएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले भाडादर बढाउन सैद्धान्तिक सहमति दिएअनुरुप भाडा वृद्धि भएको हो । विभागका अनुसार, यात्रुबाहक सवारीहरुमा १६.७१ प्रतिशत, पहाडी क्षेत्र (मालबाहक) मा २१.६८ प्रतिशत र तराइ क्षेत्र(मालबाहक) मा १५.७५ प्रतिशतसम्म भाडा वृद्धि गरिएको हो ।
तीन चरणमा वर्गीकरण गरेर सरकारले भाडादर वृद्धि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मेरो लगानीलाई बताए ।
‘तीन क्याटेगोरीमा भाडावृद्धि भएको छ । इन्धनको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले बारम्बार भाडा समायोजन गर्न माग गरेका थियौं, ’ उनले भने, ‘त्यसअनुसार नै सरकारले भाडा बढाएको छ ।