कियाले सार्वजनिक गर्‍यो किफायती इलेक्ट्रिक एसयूभी ‘साइरोस’- एक पटकको फुल चार्जमा ५२६ किमी गुड्ने, यस्ता छन् अन्य सुविधाहरु

Jul 18, 2026 11:16 AM Merolagani



दक्षिण कोरियाली अटो कम्पनी कियाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘साइरोस ईभी’ सार्वजनिक गरेको छ।

आधिकारिक रूपमा बजारमा सार्वजनिक हुनुअघि नै कम्पनीले भारतीय बजारमा यसको लुक्स र विशेषताहरू बाहिर ल्याएको हो।

किया इन्डियाका अनुसार, यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा सानो र किफायती इलेक्ट्रिक गाडी हुनेछ। यसको २५ हजार भारु (टोकन रकम) जम्मा गरी कियाको आधिकारिक वेबसाइट वा डिलरशिपमार्फत बुकिङ सुरु भइसकेको छ।

उत्कृष्ट रेन्ज र पावर

किया साइरोस ईभी दुईवटा ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ । पहिलो, ४२ किलोवाट घण्टा ब्याट्री रहनेछ । यसले एक पटकको फुल चार्जमा ४४३ किलोमिटरको रेन्ज दिनेछ।

त्यस्तै, ५१.४ किलोवाट घण्टाको अर्को ब्याट्री रहनेछ यसले ५२६ किलोमिटरको रेन्ज दिनेछ। यो आफ्नो सेग्मेन्टमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने पहिलो इलेक्ट्रिक एसयूभी बनेको छ। ५१.४ किलोवाट ब्याट्री भएको मोडलले १७१ पीएस पावर जेनेरेट गर्छ र मात्र ८.१ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ।

फास्ट चार्जिङ र प्रविधि

यसमा ११० किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा मात्र ३९ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। गाडीमा रिजेनेरेटिभ ब्रेकिङका लागि प्याडल सिफ्टर, आई–पेडल र भेइकल–टु–लोडजस्ता आधुनिक सुविधाहरू छन्। कियाले यसमा उच्च भोल्टेज ब्याट्रीमा लाइफटाइम वारेन्टी र ‘ब्याट्री-एज-ए-सर्भिस’ फाइनान्सिङको विकल्प पनि दिएको छ।

मुख्य विशेषताहरू

यो इभीमा ट्रिनिटी प्यानोरामिक डिस्प्ले प्यानल, किया कनेक्ट २.० (९५ं सुविधाहरू), र ओभर–द–एयर सफ्टवेयर अपडेट रहेको छ । ८ वटा स्पिकर भएको हरमन कार्डन प्रिमियम साउन्ड सिस्टम र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले समावेश छ ।

दुईवटा प्यान भएको प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, वायरलेस स्मार्टफोन चार्जर र ६४ रङको एम्बियन्ट मुड लाइटिङ यसमा समावेश छन् । १७ इन्चको क्रिस्टल कट एलोय ह्विल्स, कियाको सिग्नेचर डिजिटल टाइगर फेसु, एलईडी हेडल्याम्प र स्टार म्याप टेल ल्याम्प समेत रहेको छ ।

सुरक्षामा उच्च प्राथमिकता

सुरक्षाका लागि साइरस ईभीमा लेभल २ एडास जडान गरिएको छ। यसका साथै ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, र चारै पाङ्ग्रामा डिस्क ब्रेक जस्ता सुविधाहरू उपलब्ध छन्।

यसमा जडान गरिएको ‘स्मार्ट ड्यासक्याम’ ले यात्रालाई थप सुरक्षित र स्मरणीय बनाउनेछ। किफायती मूल्य र उत्कृष्ट रेन्जका कारण यो ईभीले बजारमा कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।