अब काठमाडौं उपत्यकामा गाडी चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्नु पर्ने

Apr 08, 2026 03:29 PM merolagani



हरिप्रसाद शर्मा

अब सार्वजनिक सवारीमा यात्रा गर्दा न्यूनतम भाडा २५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सरकारले बुधबार यात्रु बाहक सवारीका हकमा १६.७१ प्रतितसम्म भाडा बढाउने निर्णय गरेसँगै अब यात्रुले न्यूनतम २५ रुपैयाँ तिर्नुपर्ने भएको हो ।

साविकमा छोटो दूरीको माइक्रो, बसलगायतमा २० रुपैयाँ देखि २५ रुपैयाँसम्म भाडादर कायम गरिएको थियो । त्यसमा बढेको भाडादर प्रतिशतले हिसाव गर्दा न्यूनतम भाडा २३.४५ हुन पुगेको छ ।

सवारी चालकहरुले एक रुपैयाँ फिर्ता नदिने हुँदा पनि आम सर्वसाधारण यात्रुले छोटो दूरीमा गाडी चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्न बाध्य हुने देखिएको छ ।

बुधबार सरकारले यात्रुबाहक सवारीहरुमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालबाहक सवारीमा २१.६८ प्रतिशत र तराइ क्षेत्रमा चल्ने मालबाहकमा १५.७५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।