अक्षय तृतीया कै दिन घट्यो सुनचाँदीको मूल्य

Apr 20, 2026 11:13 AM Merolagani



बैंशाख ७ गते सोमबार, अक्षय तृतीयाकै दिन नेपाली बजारमा सुन र चाँदी दुवैको घटेको छ । यसदिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो। 

हिन्दु धार्मिक मान्यता अनुसार अक्षय तृतीयाको दिन सुन र चाँदी खरिद गर्ने अत्यन्तै शुभ मानिन्छ । सोहि अनुसार अन्य दिनको तुलनामा यसदिन सुन चाँदी खरिद गर्नेहरुको भिड लागेको हुन्छ ।

त्यसैगरी यसदिन चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।