आजबाट सुरु हुने भनिएको 'आफ्टर मार्केट अर्डर' किन सुरु भएन ?

Apr 20, 2026 05:37 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ आज (वैशाख ७ गते) देखि लागू गरेको छ। 

यो संशोधित विनियमावलीले लगानीकर्तालाई नियमित कारोबार समय बाहेक पनि अर्डर राख्न पाउने अर्थात् 'आफ्टर मार्केट अर्डर' (AMO)को सुविधा प्रदान गरेको छ। तर, कार्यान्वयनको पहिलो दिन नै लगानीकर्ताहरूले ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (TMS) मा यो सुविधा प्रयोग गर्न पाएनन्।

नियमित बजार बन्द भएपछि अर्डर राख्ने ठाउँ पहिले जस्तै 'डिसेबल' (धमिलो) देखिएपछि लगानीकर्ताहरू अलमलमा परेका छन्।नयाँ नियम लागू भए पनि टीएमएसमा अर्डर राख्न नमिलेको विषयमा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले यो सुविधा दिन अब ब्रोकरहरू प्राविधिक रूपमा तयार हुनुपर्ने बताएका छन्। उनका अनुसार नेप्सेले नीतिगत रूपमा बाटो खोलिदिएको छ। तर यसको कार्यान्वयन ब्रोकरको प्रणालीमा निर्भर रहन्छ। 'नेप्सेले आफ्टर मार्केट अर्डरको सुविधा दिएको हो। यो एउटा सुविधा हो। अब ब्रोकरले यो सुविधा दिन्छु भन्यो भने नेप्सेले रोक्दैन। तर, यो सुविधा दिनका लागि ब्रोकरहरूले आफ्नो सिस्टम (TMS) र पूर्वाधार तयार पार्नुपर्छ। यो आजैदेखि लागू त भयो, तर ब्रोकरहरू कहिले तयार हुन्छन् भन्ने कुरा उनीहरूमा नै निर्भर रहन्छ,' पराजुलीले मेरो लगानीसँग भने। नेप्सेले अहिले यो सुविधा 'इलिगल' (अवैध) होइन, 'लिगल' (वैध) हो भनेर बाटो खोलिदिएको मात्र हो। अब ब्रोकरले आफ्नो सिस्टममा यसलाई एक्टिभ गराउनुपर्ने पराजुलीले बताए।

यो व्यवस्था कार्यान्वयनमा आएपछि विशेष गरी कार्यालय समयमा व्यस्त रहने साना लगानीकर्तालाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको थियो। तर, ब्रोकरहरूको टिएमएस भेन्डर (वाइको लगायत)सँग समन्वय गरेर प्रणाली अपडेट नगरेसम्म यो सुविधा कागजमै सीमित हुने देखिएको छ।

लगानीकर्ताहरूले नेप्सेले नियम ल्याउँदा प्राविधिक तयारीका लागि पनि निर्देशन दिनुपर्ने माग गरेका छन्। अहिलेको अवस्थामा नेप्सेले बाटो खोले पनि ब्रोकरहरूले आफ्नो टिएमएसमा यो फिचर कहिले 'इनेबल' गर्छन् भन्ने निश्चित भइसकेको छैन।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।