नेपाल सरकारले नेपाल बिमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नयाँ नियुक्तिको प्रक्रिया थालेको छ। सरकारले बर्खास्त गरेका पूर्व अध्यक्ष शरद ओझा आफ्नो पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोच्चले उनलाई सो पदका लागि अयोग्य ठहर गरेपछि रिक्त रहेको पदपूर्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको हो।