शुक्रबार साँझ ६ बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडक खण्डअन्तर्गत जिल्लाको रोशी गाउँपालिकाका बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटारमा यातायात अवरुद्ध भएको हो।
सडकमार्गमा डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै, शनिबार साँझको वर्षाका कारण मध्यपहाडी लोकमार्ग पनि पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ ।
प्रहरीका अनुसार, रुकुम पूर्वको भूमे गाउँपालिका–२ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस सडक खण्डमा वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् ।
सडक विभाग र प्रहरीका अनुसार, वर्षाले अबरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।