खासगरी, आज तराइसहित आइतबारदेखि मंगलबारभित्र कोशी, मधेश, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक। दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।
यसैगरी, बुधबारदेखि विहीबारभित्र भने कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने प्रक्षेपण विभागले गरेको छ ।
पहाडी भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ ।
बुधबारदेखि विहीबारभित्र भने कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।
मौसमविद महर्जनका अनुसार हिमाली भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा पनि मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।
बुधबारदेखि बिहीबारभित्र कोशी, बागमती र गण्डकीका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
आगामी शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ ।