शनिबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर खाली गरायो । शनिबार बिहानैदेखि मनोहरा खोलाका सुकुम्बासी बस्ती खाली गराउन यतिबेला डोजर त्यता प्रयोग गरिएको छ ।
शनिबार काठमाडौंसहित बुटवल, बीरगञ्ज, हेटौंडा, भैरहवालगायतका क्षेत्रका अनाधिकतृ संचना र सुकुम्बासी बस्ती खाली गराउन डोजर चलाइएको थियो । शनिबार पनि देशका प्रमुख सहरमा बनेका संरचना हटाउन बल प्रयोग गरिएको छ ।
थापाथलीको सुकुम्बासी बस्ती खाली गराउन सरकारले नेपाली सेना नै तैनाथ गर्नुपर्यो । कडा शुरक्षा व्यवस्थाका बीच थापाथलीको सुकुम्बासी बस्ती खाली गराएर त्यहाँका स्थानीयलाई कीर्तिपुरलगायतका सेल्टर र होटलमा राखिएको छ ।
गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका बालेनले गत बिहीबार सेना प्रमुखहरुलाई बोलाएर शनिबार र आइतबार काठमाडौंलगायत देशभरका सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन शनिबारदेखि नै कार्यान्वयनमा पुगेको प्रहरीले यतिबेला देशभरका मूख्य सहरमा बनेको अनाधिकतृ र मिचेर बनाइएको संरचना भत्काउनुका साथै सुकुम्बासी बस्ती खाली गराउने कार्यलाई जारी राखेको छ ।
जेनजी विद्रोहपछि बनेको शक्तिशाली सरकारले आफ्नो चुनावी वाचापत्र र १०० दिने कार्यसूचीमा समेत यो विषयलाई समावेश गरेको थियो । आज सरकार गठन भएको एक महिना पूरा भएको छ ।
यसअघिको जुनसुकै सरकारले पनि सुकुम्बासीक्षेत्रका बासिन्दालाई आश्वासन बाड्ने र भोट बैंक बनाउने गरेका थिए । अब बालेन सरकार आएसँगै त्यो भोट बैंक र सुकुम्बासी समस्या समाधान गर्न अघि बढेको छ ।
विगतमा काठमाडौ महानगरपालिकाको मेयर हुँदा बालेनले सुकुम्बासी बस्ती खाली गर्न प्रयास नगरेका होइन् , तथापी त्यतिबेला अदालतले रोकेपछि उनी पछि हट्नुपर्यो । यसपाली उनी झन्डै दुई तिहाइको शक्तिशाली सरकारको प्रमुख छन् । यो बेला उनले विगतमा गर्न खोजेको मुद्धालाई यतिबेला मूर्तरुप दिँदैछन् ।
यसपाली सुकुम्बासी बस्ती खाली गराउन डोजर पुग्दा स्थानीयबाट त्यति बढी प्रतिकार गर्ने अवस्था भएन् । विगतमा प्रहरी र स्थानीयबीच ठूलो झडपको स्थिति सामना गर्नुपरेको थियो । तर, यसपाली त्यस्तो भएन् ।
सरकारले कडा शुरक्षा व्यवस्था गरेर खाली गराउन सुचना र माइकिङ समेत गरेको थियो । केहीले बाहेक धेरै स्थानीयले बस्तीमा डोजर पुग्नुभन्दा पहिले नै आफ्नो सामान उठाइसकेको थिए ।