सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारसँग अस्थायी शिक्षकहरुको माग

Apr 26, 2026 05:27 PM Merolagani



अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आवद्ध गर्न सरकारसँग माग गरेका छन । 

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो । आफूहरुको पेशागत निरन्तरता सुनिश्चित हुनेगरी सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारलाई दवाव दिनुपरेको महासंघका केन्द्रिय तदर्थं समितिका सदस्य शंकर जिसीले बताए । उद्लेद उमेर पुगी र स्वेच्छिक अवकाशमा जाने चाहने अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई सम्मानजनक ढंगले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए ।

उनले संघीयताका कारण मुलुकमा अतिरिक्त आर्थिक भार थपिएको भन्दै सरकारले प्रदेश खारेज गर्न चाहेको खण्डमा पार्टी सहयोग गर्न तयार रहेको पनि बताए ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।