प्रधानमन्त्री बालेन्द्र शाहले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

May 13, 2026 06:30 AM Merolagani



संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।

बैठकमा बैशाख २८ गते, सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ।

आजको कार्यसूचीमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने पनि रहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।