आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलले निरन्तरता पाउनेछ। छलफल सकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
बैठका मुख्य कार्यसूचीहरूः
बजेटको सिद्धान्त र प्राथमिकतामा छलफलः आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने।
अर्थमन्त्रीको जवाफः छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूमाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिने।
पत्र पढेर सुनाइनेः सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने।