मन्त्री लालबाबु र पद्मा अर्याललाई सांसदहरूकाे प्रश्नै प्रश्न (Live)

Feb 08, 2019 Merolagani



प्रतिनिधि सभाकाे बैठक संघिय संसदकाे सभा हल नयाँबानेश्वरमा जारी छ । शुक्रबारकाे बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरु सांसदले सोध्ने कार्यसूची रहेकाे छ।

सांसदहरूले उठाएकाे प्रश्नकाे सम्बन्धित मन्त्रालयकाे मन्त्रीले जवाफ दिने छन् भनेछन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्बन्धी लिखित प्रश्नको उत्तर स्वतः टेबुल हुने संसद सचिवालयले जनाएकाे छ ।

यस्तै “कर्मचारी समायोजन विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवालले प्रस्तुत गरेकाे विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री लालबाबु पण्डितले “कर्मचारी समायोजन विधेयक, २०७५” प्रस्तुत गर्ने शुक्रबारकाे संसदकाे कार्यसूची रहेकाे छ ।

प्रत्यक्ष प्रसारण हेर्नुहाेस्