भारतभर डिजिटल रुपमा फैलिँदैछ ‘कक्रोच जनता पार्टी’ अभियान

May 21, 2026 05:31 PM Merolagani



भारतमा अहिले डिजिटल रुपमा ‘कक्रोच जनता पार्टी’ को अनलाइन अभियान तीव्र रुपमा फैलिइरहेको छ । यो सम्पूर्ण घटनाको बिज १५ मे २०२६ मा सर्वोच्च अदालतमा भएको एउटा सुनुवाइबाट सुरु भएको हो ।

कथित नक्कली कानुन डिग्रीसँग सम्बन्धित मुद्दामा प्रधानन्यायाधीश सूर्यकान्तले गरेको एउटा मौखिक टिप्पणी सामाजिक सञ्जालमा फैलियो।

सुनुवाइका क्रममा उनले केही बेरोजगार युवाहरू सांसद, मिडिया र आरटीआई कार्यकर्ता बनेर प्रणालीमा साङ्ला (कक्रोच) जस्तै घुस्ने र आक्रमण गर्ने भनी टिप्पणी गरेपछि उक्त भिडियो क्लिप केही घण्टाभित्रै सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा भाइरल हुन पुग्यो।

अहिले भारतभर फेसबुक र इन्स्टाग्राममा क्रकोच जनता पार्टीको अनलाइन अभियान तीव्र रुपमा फैलिएको छ । पार्टी सुरु भएको चार दिनभित्रै ९ मिलियन फलोअर्सको आँकडा पार गरिसकेको छ । यो सङ्ख्या भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक इन्स्टाग्राम ह्यान्डलको लगभग ८.७ मिलियन फलोअर्सभन्दा पनि बढी हुन आउँछ। र, इन्स्टाग्राम अकाउन्टमा आज एक करोड १७ लाखभन्दा बढी फलोवर्स भइसकेका छन्।

स्वयंसेवकहरूका अनुसार यो आफूहरूमाथि गरिएको अपमानलाई रचनात्मक रूपमा स्वीकार गरेर सार्वजनिक सेवामा बदल्ने एउटा शान्तिपूर्ण जवाफ हो । साथै आन्दोलनलाई ऊर्जा दिन थुप्रै मिम्स र अभियान गीतहरू समेत रचना गरिएका छन्।

सीजेपीले यो लोकप्रियतालाई व्यङ्ग्यात्मक शैलीमै भाजपाको दाबीमाथि प्रहार गर्दै ‘विश्वकै सबैभन्दा ठूलो पार्टी भन्थे’ र ‘युवाहरूको शक्तिलाई कम नआँक्नुहोस्’ जस्ता पोस्टहरू सार्वजनिक गर्यो। यस अवधिमा कङ्ग्रेसको आधिकारिक इन्स्टाग्राम ह्यान्डलका १३.२ मिलियन र आम आदमी पार्टी (आप) को १.९ मिलियन फलोअर्स रहेका छन्।

भाजपाले १८ हजारभन्दा बढी पोस्ट गरेर उक्त सङ्ख्या बनाएकोमा सीजेपीले यो ठूलो उपलब्धि मात्र ५६ वटा पोस्टका साथ हासिल गरेको छ । एक्स प्लेटफर्ममा पनि यसको अनुयायी सङ्ख्या १ लाख ६५ हजार नाघेको छ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।