Fri, May 22, 2026
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन सरकारको मागलाई सदर गरेको छ।
जिल्ला न्यायाधीश हिमलाल बेलबासे को इजलासले शुक्रबार दिएको आदेशअनुसार तत्कालका लागि ती दुई अभियोग फिर्ता हुने भएका हुन्। यसअघि तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बराल ले मुद्दा संशोधनमार्फत फिर्ता लिने निर्णय गरेकी थिइन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।