अटोमोबाइलका क्षेत्रमा कस्तो आयो बजेट ? यसो भन्छन् अटो व्यवसायी

May 30, 2026 05:43 AM Merolagani



हरिप्रसाद शर्मा

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिसकेको छ । जसमा अटोमोबाइल क्षेत्र चलायमान हुने गरी बजेट आएको अटो क्षेत्रका व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् ।

सरसर्ती हेर्दा, बजेटले अटो क्षेत्रका लागि केही कर र सहुलियतका कार्यक्रम ल्याएकाले स्वागत योग्य नै रहेको नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए ।

उनका अनुसार, बजेटले इलेक्ट्रिक सवारी साधनमा पिकआवर क्षमताका आधारमा लाग्दै आएको भन्सार महशुललाई मूल्यगत आधारमा लगाउन भनेको छ । जुन, निकै सकारात्मक छ । विगतमा पीक पावरका आधारमा भन्सार महशुल लगाउँदा ढाँट्ने र अपारदर्शीता हुने गरेकोमा बजेटको उक्त व्यवस्थाले सहज हुने उनको भनाइ छ ।

त्यस्तै, बजेटले इभी स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण र व्याट्रीको व्यवस्थापनका लागि पैठारी बिन्दुमा शुल्क लगाउने व्यवस्था गरेको छ । त्यस्तै, बजेटमा अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढीको विद्युत् खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छ ।

‘सरसर्ती हेर्दा अटोमोबाइल क्षेत्रका लागि भन्ने हो भने बजेट राम्रो नै छ,’ उनले भने, ‘अझ रातो बुकमा आएपछि अझै स्ष्ट रुपमा भन्न सकिएला ।’ उनका अनुसार, कच्चा पदार्थमा कर घटाएको, विद्युतमा डिमाण्ड छुटलगायतका विभिन्न सहुलियत दिएको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।