गत साता करिब १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jun 01, 2026 05:45 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २७५८.४९ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.८६ प्रतिशत अर्थात २३.६१ अंक बढेर २७८२.१० विन्दुमा बन्द भएको हो।

सो साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।

 

खरिदकर्ता बलियो

गत साता साप्ताहिक रुपमा नेप्सेले छोटो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसका साथै, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले सानो शरिर भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो साता र सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

खरिदकर्ताको नियन्त्रणमा बजार

गत साताको अन्तिम दिनको मैनबत्तीले केही दिनको वृद्धिपछि माथिल्लो विन्दुमा खरिदकर्ता र बिक्रीकर्ता बीच तीव्र प्रतिस्पर्धा रहेको तर खरिदकर्ताहरुले अझै पनि बजारलाई आफ्नो नियन्त्रणमा राखिराखेको संकेत गर्दछ। आगामी दिनमा नेप्से उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २६४५ देखि २६९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम बलियो रहेका छ। गत साता दैनिक औषतमा ५ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४०.५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढ्दै

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनबाट विस्तारै उक्लिने क्रममा रहेको छ। बजारमा खरिदचाप केही बढ्न थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।