गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jun 29, 2026 05:12 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७०२.११ विन्दुमा बन्द भएको नेप्से, गत साता १.९५ प्रतिशत अर्थात ५२.६० अंक घटेर २६४९.५१ विन्दुमा बन्द भएको हो।

गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये पाँचै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

बजार थाम्न खोज्दै खरिदकर्ता

यस साताको अन्तिम कारोबार दिन नेप्सेले सानो रातो शरीर भएको स्पिनिङ टप जस्तो देखिने मैनबत्ती बनाएको छ। सो दिन इन्ट्रा डेमा २६४०.२६ विन्दुबाट रिकभर भएर २६४९.५१ विन्दुमा बन्द हुनुले सो विन्दुमा बिक्रेताहरु कमजोर हुँदै गएको र खरिदकर्ताहरु बिस्तारै बजार थाम्न खोजिरहेको संकेत गर्दछ।

टेवा क्षेत्रमा

गत साता नेप्से परिसूचक बलियो टेवा क्षेत्रमा बन्द भएको छ। हाल नेप्सेको टेवा क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्से परिसूचक उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि कमजोर रहेको छ। गत साता दैनिक औषतमा ४ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। बजार महत्वपूर्ण टेवा क्षेत्रमा आइपुग्दा भोल्यूम घट्नुलाई प्राविधिक रुपमा सकारात्मक मानिन्छ, किनकि यसले ‘बिक्रीको चाप सकिँदै गएको’ भन्ने संकेत गर्दछ।

बियरिश मोमेन्टम कायम

गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै नकारात्मक क्षेत्रमा रहेका छन्। त्यस्तै, नेप्सेमा हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले बजारमा हाल बियरिश मोमेन्टम कायम रहेको संकेत गर्दछ।

टेक्निकल बाउन्सको उच्च सम्भावना

स्टकास्टिक आरएसआईमा नेप्से गत साता एक्सट्रिम ओभरसोल्ड जोनमा रहेको छ। प्राविधिक रुपमा स्टकास्टिक आरएसआई सो लेभलमा पुग्नुले बजारमा गिरावटको क्षेत्र सीमित हुँदै गएको र टेक्निकल बाउन्स आउन सक्ने उच्च सम्भावना रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।