गत साता करिब साढे ६ अंक घटेको नेप्से, यस साता के होला?

Aug 17, 2026 06:02 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे ६ अंक घटेर बन्द भएको छ। गत साता २६५०.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२४ प्रतिशत अर्थात ६.२६ अंक घटेर २६४३.८३ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से नकारात्मक रहेको थियो भने तीन कारोबार दिन सकारात्मक भएर बन्द भएको थियो।

खरिदकर्तामा आत्मविश्वासको कमी

गत साताको अन्तिम कारोबार दिन नेप्सेले सानो रातो शरीर भएको मैनबत्ती बनाएको छ। सो दिन नेप्से न्यूनतम विन्दुमा झरेपछि सामान्य अंक सुधारिएर बन्द भएको थियो। यसले बजारमा बिक्रेताहरु धेरै आक्रमक नभएपनि खरिदकर्ताहरुमा नयाँ मोमेन्टम समात्ने आत्मविश्वास नआएको संकेत गर्दछ।

मुभिङ्ग एभरेजको रेसिस्टेन्स क्लस्टर

नेप्से परिसूचक हाल १० दिने मुभिङ्ग एभरेजभन्दा तल छ। बजारमा तत्काल सुधार आउन पहिला २६६१ भन्दा माथि स्पष्ट क्लोजिङ्ग हुनु आवश्यक छ। त्यस्ते, नेप्से १० दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरुभन्दा पनि तल छ। २६७६ देखि २७०१ को दायरा बजारका लागि रेसिस्टेन्स क्लस्टर (ठूलो प्रतिरोध क्षेत्र बनेको छ।

‘बटम टेस्टिङ्ग’को प्रक्रियामा

गत साताका पाँचै कारोबार दिन नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम छ। बजार तल झर्दा भोल्यूम पनि सुस्त रहनुले लगानीकर्तामा ‘प्यानिक सेलिङ्ग’ नभएको र बजार ‘बटम टेस्टिङ्ग’ को प्रक्रियामा रहेको संकेत गर्दछ।

बियरिश प्रवृत्ति

गत साता एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्रमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा पनि तल रहेको छ। यसले बजार अहिले बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेका स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको र अब आउने नयाँ भोल्यूमले बजारको दिशा तय गर्ने संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।