गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Aug 10, 2026 05:38 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २६८५.५४ विन्दुमा बन्द भएको नेप्से, गत साता १.३२ प्रतिशत अर्थात ३५.४५ अंक घटेर २६५०.०९ विन्दुमा बन्द भएको हो।

गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

साताको अन्तिम कारोबार दिन नेप्सेले छोटो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन नेप्से न्यूनतम विन्दुबाट केही रिकभर भएर २६५० मा बन्द भएपनि बजारले माथिल्लो तहमा गति लिन सकेको छैन। यसले छोटो अवधिका लगानीकर्ताहरुका अझै दुविधा र ‘पर्ख र हेर’ को अवस्था रहेको संकेत गर्दछ।

मुभिङ्ग एभरेजको पुनः परीक्षण

गत साता नेप्से परिसूचक १० दिने र २५ दिने एसएमएमए दुबैभन्दा तल झरेको छ। यी दुबै रेखाहरु अब बजारका लागि तत्कालको मुख्य प्रतिरोध हुनेछन्। ५० दिने र १०० दिने एसएमएमएको क्षेत्र बजारका लागि बलियो प्रतिरोधको रुपमा खडा छ। बजार पूर्ण रुपमा सुरक्षित हुन २७०५ भन्दा माथि स्पष्ट क्लोजिङ्ग हुनु आवश्यक छ।

‘प्यानिक सेलिङ्ग’ छैन

गत साताका पाँचै कारोबार दिन, नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। बजार घट्दै गर्दा भोल्यूम पनि निरन्तर घट्नुलाई प्राविधिक रुपमा बजारमा ‘प्यानिक सेलिङ्ग’ नभएको संकेतका रुपमा लिइन्छ।

बियरिश क्रशओभर

गत साता एमएसिडीमा नेप्सेले बियरिश क्रशओभर बनाएको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा नेप्से घट्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेका स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।