गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Aug 03, 2026 05:38 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २७३४.६० विन्दुमा बन्द भएको नेप्से, गत साता १.७९ प्रतिशत अर्थात ४९.०६ अंक घटेर २६८५.५४ विन्दुमा बन्द भएको हो।

गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो।

पुलब्याक

अघिल्लो साता ट्रेण्ड लाइन ब्रेक आउट दिएको नेप्सेमा गत साता माथिल्लो विन्दुबाट केही पुलब्याक अर्थात प्रोफिटबुकिङ्ग भएर पुनः प्राविधिक कन्सोलिडेशनको मोडमा प्रवेश गरेको देखिन्छ। साताको अन्तिम कारोबार दिन नेप्सेले बनाएको हरियो क्यान्डलले तल्लो विन्दुमा खरिदकर्ताहरु सक्रिय नै रहेको र बजारले नयाँ 'हायर लो' बनाउन खोजिरहेको संकेत गर्दछ।

प्रमुख प्रतिरोध क्लस्टर

आगामी दिनमा नेप्से माथि जानका लागि ५० दिने र १०० दिने मुभिङ्ग एभरेज प्रमुख प्रतिरोधको रुपमा देखिएको छ। बजार फेरि बलियो हुन २७०६ विन्दुभन्दाा माथि निस्कनुपर्ने हुन्छ। सो प्रतिरोधलाई तोडेर नेप्से उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर नेप्से ओरालो लागेमा भने २५५० देखि २६०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ताको दबाब घट्दै

गत साता नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। नेप्से घटेर फेरि सम्हालिन खोज्दा भोल्यूम सुस्त हुनुले बिक्रीकर्ताहरु दबाब घट्दै गएको र बजार ‘साइडवेज/एक्युमुलेसन’ मोडमा रहेको संकेत गर्दछ।

बुलिश मोमेन्टम कायम

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि नै रहेको छ। र यी दुबै रेखा र हिस्टोग्राम सकारात्मक क्षेत्रमा नै रहेको छ। यसले समग्रमा बजारमा बुलिश मोमेन्टम कायम नै रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेका स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।