गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।
टेवा क्षेत्रबाट उक्लियो
गत साता नेप्से परिसूचक २५५० दखि २६०० को क्षेत्रमा टेवा पाएर उक्लिएको छ। अघिल्लो साता घटेर टेवा क्षेत्रमा झरेको नेप्से, गत साता सोही क्षेत्रबाट फर्किएको हो। साताको अन्तिम कारोबार दिन नेप्सेले बलियो बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। जसले सो दिन बजार पूर्ण रुपमा ‘बुल’ (खरिदकर्ता) को नियन्त्रणमा रहेको संकेत गर्दछ।
मुभिङ्ग एभरेजको ब्रेकआउट
साताको अन्तिम कारोबार दिन नेप्सेले १० दिने मुभिङ्ग एभरेज ब्रेकआउट गरेको छ। छोटो अवधिको बलियो प्रतिरोध मानिएको सो मुभिङ्ग एभरेजलाई अब तत्कालको राम्रो सपोर्ट बनेको छ। १० दिने मुभिङ्ग एभरेज काटेपनि आगामी दिनमा २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेज नेप्सेका लागि प्रमुख प्रतिरोध क्षेत्र हुनेछन्। सो क्लस्टरलाई पार गरेमा नेप्सेका लागि २८०० देखि २८६० को क्षेत्र प्रतिरोध बन्नेछ।

ब्रोड बेस्ड बाइङ्गको साथ
साताको अन्तिम कारोबार दिन नेप्सेको दैनिक औषत भोल्यूम र २० दिने औषत भोल्यूम लगभग बराबरजस्तो छ। बजार उच्च अंकले बढ्दा भोल्यूम औषत तहमा आउनुले बजारको यो वृद्धिलाई ब्रोड बेस्ड बाइङ्गले साथ दिएको पुष्टि गर्दछ।

बुलिश मोमेन्टम सुरु
लामो समयदेखि नकारात्मक क्षेत्रमा रहेको नेप्सेको हिस्टोग्राम, गत साताको अन्तिम कारोबार दिन सकारात्मक क्षेत्रमा प्रवेद गरेको छ। यसले बजारको बियरिश मोमेन्टम सकिएर नयाँ बुलिश मोमेन्टम सुरु भएको बलियो प्राविधिक पुष्टि दिन्छ। त्यस्तै, नेप्सेमो एमएसिडी रेखा र सिग्नल रेखा पनि तलबाट माथितिर मोडिएका छन्।

बुलिश क्रशओभर
गत साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा बुलिश क्रशओभर बनेको छ। सो दिन हरियो रेखाले रातो रेखालाई तलबाट काटेर माथि लागेको छ। यसले आगामी दिनहरुमा पनि खरिदचाप जारी रहने संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)