गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।
ट्रेण्ड ब्रेकआउट
गत साता नेप्सेले घट्दो अवरोध रेखा (रेसिस्टेन्स लाइन – माइनर ट्रेण्ड) लाई पूर्ण रुपमा ब्रेकआउट गरेर सोभन्दा माथि स्थिर रहेको छ। यसले लामो समयदेखि घट्दो ट्रेण्ड समाप्त भई अब बजारमा आधिकारिक रुपमा अपट्रेण्डमा प्रवेश गरेको संकेत गर्दछ।
बलियो प्राविधिक टेवा
गत साता नेप्सेले १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरुभन्दा माथि पुगेको छ। आगामी दिनमा नेप्से घट्न खोजेमा ५० दिने र १०० दिने मुभिङ्ग एभरेज संगै भएको २७०६ को क्षेत्रले अत्यन्तै बलियो प्राविधिक टेवाको काम गर्नेछ। आगामी दिनमा नेप्से उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्नेछ।

लगानीकर्ताहरुको बलियो सहभागिता
गत साताको अधिकांश कारोबार दिन नेप्सेमो भोल्यूम २० दिने औषत भोल्यूमभन्दा बढी रहेको छ। ब्रेकआउटपछि कारोबार रकम यसरी २० दिने औषतभन्दा बढी हुनुले ठूला तथा संस्थागत लगानीकर्ताहरुको बलियो सहभागिता रहेको संकेत गर्दछ।

तिव्र बुलिश मोमेन्टम
गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी फराकिलो हुँदै गएको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले गत साता बजारमा बुलिश मोमेन्टम तिव्र रहेको संकेत गर्दछ।

खरिदचाप बढी
गत साता नेप्सेका स्टकास्टिक आरएसआई तिव्र गतिमा बढेर ओभरबट जोनमा पुगेको छ। यसले गत साता बजारमा खरिदचाप बढी रहेको संकेत गर्दछ। बलियो अपट्रेण्ड भएको बजारमा सूचक केही समय सोही क्षेत्रमै बसिरहन सक्छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)