सुनचाँदीको मूल्यमा गिरावट

Jun 05, 2026 11:05 AM Merolagani



शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । यस दिन सुन प्रतितोला २ हजार १ सय रुपैयाँले र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार २८५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।