सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घट्याे

Jun 03, 2026 10:54 AM Merolagani



बुधबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोहि मूल अर्थात प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।

 




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।