सुनको मूल्यमा तीव्र उतारचढाव, एक हप्ताको अवधिमा १७ हजार रुपैयाँले घट्यो

Jun 13, 2026 05:14 AM Merolagani



पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा तीव्र उतारचढाव आएको छ । 

गत जेठ २२ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा किनबेच भएकोमा त्यसको एक हप्तापछि अर्थात जेठ २९ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १७ हजार रुपैयाँले घटेर त्यसदिन सुनको मूल्य २ लाख ९२ हजारमा झरेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत जेठ २४ गते आइतबार एकैदिन प्रतितोलामा ८ हजार २०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ८०० रुपैयाँ कायम भएको थियो , त्यस्तै, जेठ २५ गते सोमबार सुन प्रतितोला ९०० रुपैयाँले घटेको देखिन्छ । उक्त दिन सुनको मूल्य प्रतितोला २९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, जेठ २६ गते मंगलबार सुन प्रतितोलामा २ हजार रुपैयाँले बढेर उक्त दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । त्यस्तै, जेठ २७ गते बुधबार भने सुनको मूल्य ह्वात्तै घटेको देखिन्छ । उक्त दिन सुन प्रतितोलामा १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, जेठ २८ गते बिहीबार पनि सुनको मूल्य ५ हजार १०० रुपैयाँले घटेर उक्त दिन सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने जेठ २९ गते शुक्रबार सुनको मूल्य बढेको देखिन्छ । उक्त दिन ५ हजार ३०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुन व्यवसायीका अनुसार, नेपालका बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर अझै घटाउलान कि भन्ने अनुमान थियो । त्यसअनुसार, पनि सुनको मूल्य केही घटेको देखिन्छ । त्यस्तै, अन्तराष्ट्रिय मुलुकका केही देशमा अहिले पनि युद्ध जारी रहेको र कतिपय मुलुकहरुले सुनको स्टक बेचेका कारण पनि सुनको मूल्यमा कमी आएको हुन सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।