प्रि ओपन सेसन अपडेटः साढे १० अंक बढ्यो नेप्से

Jun 16, 2026 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १० अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.२६ अंक घटेर २७११.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.७४ अंक बढेर २७२२.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५७ स्टकको १४४ पटकको कारोबारमा २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँ ८० पैसाबराबरको ३९ हजार ७८७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।