प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Jun 11, 2026 10:56 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २.५७ अंक घटेर २७३६.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६७ अंक बढेर २७३६.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५५ स्टकको १२१ पटकको कारोबारमा ६१ लाख ९६ हजार ३२५ रुपैयाँ ४० पैसाबराबरको १२ हजार ९१५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।