अघिल्लो कारोबार दिन अर्थात बुधबार ०.०८ अंक बढेर २७०५.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.१९ अंक घटेर २६९८.३४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.०७ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५९ स्टकको ८७ पटकको कारोबारमा २५ लाख १७ हजार ७६ रुपैयाँ ९० पैसाबराबरको ३० हजार ६९९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।