बजेटले शेयर बजार र निजी क्षेत्रमा गहिरो निराशा छायो: सांसद खुश्बु ओली

Jun 19, 2026 12:58 PM Merolagani



प्रतिनिधि सभा सदस्य खुश्बु ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले शेयर बजार र निजी क्षेत्रमा गहिरो निराशा छाएको बताएकी छिन ।

संसदको बैठकमा बोल्दै सांसद ओलीले बजेट सार्वजनिक भएपछि बजारमा उत्साह देखिनुको साटो लगानीकर्ताको आत्मविश्वास नराम्रोसँग डगमगाएको दाबी गरिकी छिन । बजेट आएलगत्तै शेयर बजारमा आएको निरन्तर गिरावटले आम लगानीकर्तामा चिन्ता बढेको उल्लेख गर्दै उनले भनिन् “निजी क्षेत्र,उद्योगी र व्यवसायी कोही पनि बजेटबाट उत्साहित छैनन्, यस्तो अवस्थामा सरकारले यो बजेट कसका लागि र कसलाई उत्साहित बनाउन ल्याएको हो ?”

सांसद ओलीका अनुसार बजेट वक्तव्यले पुँजी बजारलाई सकारात्मक संकेत दिनुपर्नेमा त्यसको ठीक विपरीत प्रभाव देखिएको छ। बजेट भाषण भएदेखि नै शेयर बजारमा तीव्र गिरावट सुरु भएको र यो क्रम आजका दिनसम्म पनि कायमै रहेको उनले बताइन्।

बजेटको प्रत्यक्ष असर पुँजी बजारमा देखिने भएपनि वर्तमान बजेटले लगानीकर्तालाई आश्वस्त पार्न नसक्दा बजार थप घट्दै गएको उनको तर्क छ। बजार सुधारका लागि ठोस योजना र सकारात्मक सन्देश नआउँदा लगानीकर्ताको मनोबल कमजोर बनेको भन्दै ओलीले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन्।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।