अन्तिम समयमा सकारात्मक नेप्से, कारोबार रकममा पनि वृद्धि

Jun 19, 2026 03:11 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा भने सकारात्मक रहेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १.६३ अंक बढेर २७०२.११ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ६१ हजार १७० पटकको कारोबारमा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११९ रुपैयाँ ४० पैसा बढेर ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १४ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ। यस दिन सो स्टकको ३३ करोड ११ लाख २२ हजार रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को कारोबार रकम साढे ३२ करोड रुपैयाँ नाघेको छ भने सोपान फर्मास्यूटिकल्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन बाँकी अरु उपसमूहका परिसूचक पनि सामान्य घटेको हो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।